हेटौंडा ‘जेसीज सप्ताह’ मंगलबारदेखि शुरु

पालिका डायरी
५ कार्तिक २०८१, १८:०४

हेटौंडा / हेटौंडामा ‘जेसीज सप्ताह २०२४’ मंगलबारदेखि विभिन्न कार्यक्रमहरू गरी मनाइने भएकाे छ । हेटौंडा जेसीजले सोमबार पत्रकार सम्मेलनमार्फत जेसीज सप्ताह अन्तर्गत भाेली मंगलबार (६गते ) देखि शुक्रबार (९ गते) सम्म चार दिने कार्यक्रम गर्न लागिएको जानकारी दिएको छ ।

पहिलो दिन (मंगलबार) साइकल दौड प्रतियोगिता र हेटौंडा जेसीज वक्तृत्वकला प्रतियोगिता हुने हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए । त्यस्तै दोस्रो दिन (बुधबार) शैक्षिक सामाग्री वितरण, तेस्रो दिन (बिहीबार) रक्तदान कार्यक्रम, स्लो मोटरसाइकल दौड प्रतियोगिता र लागुपदार्थ दुर्व्यसनी जागरुकता कार्यक्रम हुने जानकारी दिए ।

हेटौंडामा ‘जेसीज सप्ताह २०२४’ काे अन्तिम दिन (शुक्रबार) उत्कृष्ट प्रतियोगीहरूलाई पुरस्कार वितरण गर्दै कार्यक्रम समापन गरिने जनाइएको छ ।  गत वर्षहरूमा साताव्यापी कार्यक्रम सातै दिन गरिएकोमा यस वर्ष ४ दिनमा ७ वटा कार्यक्रमहरू हुने श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
1729591991112