२० लाख ५० हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ

पालिका डायरी
६ कार्तिक २०८१, १२:३५
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

कपिलवस्तुबाट प्रहरीले स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महाराष्ट्र प्रदेशको राइगट जिल्ला मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागले छन् । कृष्णनगर नगरपालिका २ लिङ्गेटबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

नियमित जाँचको क्रममा सोमबार राति करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका दुई वटा गाडीबाट साढे २० लाख भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

यूपी ४५ एएस ६६६३ नम्बरको भारतीय गाडीबाट ८ लाख र यूपी ४२ डीटी ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार रकम बरामद भएको हो ।

गाडीमा भेटिएको रकमको कुनै वैध स्रोत नखुलेपछि प्रहरीले तुरुन्तै उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
2 jana pakrau