निरन्तर बढिरहेको सुनले आज फेरि बनायो सर्वाधिक महँगो मूल्यको रेकर्ड

पालिका डायरी
७ कार्तिक २०८१, १३:२८
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज फेरि सुनचाँदीकै मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

विगत सात दिनदेखि निरन्तर बढ्दै आएको सुनचाँदीले आज फेरि यस अघिका सबै रेकर्ड तोड्दै सर्वाधिक महँगो बनेको हो ।

गएको बुधबारयता सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। मंगलबारको मूल्यमा थप आठसय रुपैयाँ बढेर आज सुनको भाउ एक लाख ६६ हजार सातसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य एक लाख ६५ हजार नौ सय रुपैयाँ थियो । चाँदी पनि आज तोलाको ३५ रुपैयाँ बढेर अहिलेसम्मकै सर्वाधिक महँगो बनेको छ । आज चाँदीको मूल्य दुई हजार एकसय ३५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य २ हजार  एकसय रुपैयाँ थियो ।

असोज अन्तिम सातादेखि बढ्न थालेको सुनचाँदीको मूल्यले कात्तिक लागेपछि पनि निरन्तर नयाँ-नयाँ कीर्तिमान बनाइरहेको छ ।

प्रतिक्रिया
gold_silver_3nDNVFv7MT