लुम्बिनीका नवनियुक्त ३ मन्त्रीले खाए शपथ

पालिका डायरी
८ कार्तिक २०८१, ११:३८

लुम्बिनी प्रदेशका नवनियुक्त ३ मन्त्रीले आज (बिहीबार) बिहान पद तथा गोपनीयताको शपथ खाएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

आज तिमिल्सिनाले सामाजिक विकास, कलवारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ खाएका हुन् । उनीहरूलाई आज बिहान प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले शपथ खुवाएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा गत साउन ७ गते एमाले प्रदेश संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए  ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा ३ मन्त्री थपिएसँगै मन्त्रिमण्डल ११ सदस्यीय बनेको छ ।

प्रतिक्रिया
lumbini-mantri_bGZKL4R7FD