सुनको मूल्य स्थिर, चाँदीको कति ?

पालिका डायरी
९ कार्तिक २०८१, १३:१६
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य शुक्रबार स्थिर छ । बिहीबार प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको सुनको मूल्यमा कुनै फेरबदल नभएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी भने केही सस्तिएको छ । बिहीबार २०९५ रुपैयाँ प्रतितोला कारोबार भएको सेतो धातु शुक्रबार २ हजार ७० रुपैयाँमा झरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ७२६ अमेरिकी डलर र चाँदी ३३ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया
gold_silver_3nDNVFv7MT