हेटौंडाबाट १६२ किलो गाँजा सहित वाग्ले पक्राउ
हेटौंडा / मकवानपुरमा १६२ किलो गाँजा सहित एक व्यक्ति पक्राउ परेका छन् ।
मकवानपुर प्रहरीले १६२ किलो ५८० ग्राम लागूऔषध गाँजा सहित काभ्रेको धुलिखेल नगरपालिका–१२ का २९ वर्षीय किरण वाग्लेलाई पक्रउ गरेको हो ।
बिशेष सूचनाको आधारमा मनहरिबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ६३६१ नम्बरको पिक अप भ्यान चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक (डिएसपी) श्यामु अर्यालले बताए ।
उनका अनुसार खाली प्लास्टिक क्रेटहरूको मुनि लुकाएर राखिएको गाँजा र योद्धा गाडी सहित वाग्लेलाई नियन्त्रणमा लिइएको छ । उनीमाथि अनुसन्धान गर्नका लागि मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट थप चार दिनको म्याद लिई आवश्यक अनुसन्धान कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । वाग्ले सो भ्यानका चालक हुन् ।
प्रतिक्रिया