श्रम, रोजगार तथा यातायात मन्त्रालयमा के के भए सय दिनको उपलब्धि ?

पालिका डायरी
२९ कार्तिक २०८१, १३:२८

हेटौंडा /  गत साउन ९ गते विस्तार भएको बागमती प्रदेश सरकारले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । यस अवधिमा प्रदेशका १३ वटै मन्त्रालयले गरेका उपलब्धिहरु बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । जसमा प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पनि आफ्नो मन्त्रालयमार्फत गरिएका कार्य प्रगति तथा यस अवधिमा थालनी गरिएका उपलब्धिमुलक कार्यहरु सार्वजनिक गरिएको छ ।

जसमा बागमती प्रदेश सरकारको आफ्नै  इडिएल अर्थात् इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स प्रणाली विकास गरी सञ्चालनको अन्तिम चरणमा रहेको प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले जानकारी दिनुभयो । यस्तै, सवारी चालक अनुमतिपत्रकाे लागि लिइने परीक्षालाई अनलाइन प्रणालीबाट लिने व्यवस्थाको लागि प्रणाली विकास भई अनलाइन परीक्षा प्रणाली मार्फत लिइने परीक्षा को लागि पाइलटिङको रुपमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, ललितपुरमा सञ्चालनको लागि खरिद प्रकृया सुरु गरिएको मन्त्री महर्जनले बताउनुभयो ।

यस्तै, यातायात व्यवस्था कार्यालयहरूको ढड्डाहरूको डिजिटलाइजेसनका लागि डाटाइन्ट्रिकर्ताहरू पूर्णतया प्रतिस्पर्धाको (लिखित, प्रयोगात्मक, अन्तरवार्ता) आधारमा छनौट सम्पन्न भई डिजिलाइजेसन कार्यको सम्पूर्ण पूर्वाधार तयार भएको बताइएको छ ।

सवारी चालक अनुमतिपत्र सम्बन्धि इडिएल प्रणालीलाई नागरिक एपमा आवद्धता गराएर क्यू आर कोड सहित सवारी चालक अनुमतिपत्र देखिने व्यवस्था मिलाइएको र उक्त क्यू आर कोड सहितको सवारी चालक अनुमतिपत्र नियमनको लागि ट्राफिक प्रहरीलाई ५ सय थान मोबाइल हस्तान्तरण गरी डिजिटल लाइसेन्सलाई आधिकारिकता प्रदान गर्ने र नियमन गर्ने व्यवस्था मिलाइएको साथै ट्राफिक जरिवानालाई सोही एम मार्फत तिर्ने व्यवस्था गरिएको मन्त्री महर्जनले बताउनुभयो ।

यस्तै, यातायात व्यवस्था कार्यालय, हेटौडा, भरतपुर र भक्तपुरको लागि भवन निर्माणको लागि जग्गा प्राप्तीको प्रक्रियामा सुरु गरिएको छ भने प्रदेश सरकारबाट सवारी चालक अनुमतिपत्रको लागि गरिने स्वास्थ्य परीक्षणलाई एकरुपता कायम गर्न शुल्क तोकी लागुु गर्ने कार्यविधि तयार गरी स्वीकृत भई कार्यान्वयनमा लगिएको बताइएको छ ।

सवारी दर्ता प्रणालीमा बीमा सम्बन्धि सेवा प्रवाह गर्ने सेवा प्रदायकहरुलाई सूचिकृत गरी युजर फिडेन्सियल प्रदान गर्ने तयारी गरिएको मन्त्री महर्जनले बताउनुभयो ।

प्रतिक्रिया
20230803132036_IMG_6033