बागमती प्रदेशमा जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणमा सबै एक जुट हुनुपर्नेमा जोड

पालिका डायरी
३० कार्तिक २०८१, १९:४५

हेटौंडा / बागमती प्रदेशमा जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणमा सबै एक जुट हुनुपर्नेमा जोड दिइएको छ । आज जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा जलवायु परिवर्तका कारण बागमती प्रदेशका बिभीन्न क्षेत्रमा परेको असरका विषयमा हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

जलवायु परिर्वतनका कारण धेरै खालका समस्या भएको र यसको समस्या विश्वव्यापी रुपमा भएकाले पनि सबैले आफ्ना क्षेत्रबाट लाग्नका लागि कार्यक्रममा सहभागि प्रदेशसभाका समतिका सभापति, पूर्व मन्त्री, यस क्षेत्रमा काम गरेका सरोकारवालाहरु, बिभीन्न क्षेत्रका व्यक्तित्वहरुले कार्यक्रममा सुझाब दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले जलवायु परिवर्तनको रोकथाम र न्यूनिकरणका लागि तीन तहका सरकारबीच समन्वय अभाव भएको बताउनु भएकोछ । बागमती प्रदेश सरकारमा वातावरण क्षेत्र हेर्ने कानुनदेखि कार्यालय र कर्मचारीसमेत नभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘स्थानीय तहले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न सकेनन् । जलवायु परिर्वतनबाट नेपाल पहिल्यैदेखि प्रभावित रहँदै आएको छ ।’

सभापति श्रेष्ठले यसको असर बारे भर्खरै थाहा पाउन थालेको उल्लेख गर्नुभयो । नेपालको विकास प्रणाली र उत्पादनका हिसाबले जटिलता बढ्दै गइरहेको उहाँले बताउनुभयो ।  प्राकृतिक प्रकोपको सबैभन्दा बढी प्रभाव गरिब र विपन्न वर्गलाई परेको भन्दै उहाँले जलवायु परिवर्तनको न्यूनिकरणबाट यसको समाधान निकाल्नुको उपाय नभएको धारणा राख्नुभयो । पृथ्वी मानिसको बसोबासका लागि अयोग्य बन्दै गइरहेको उहाँको भनाई छ ।

बागमती प्रदेशसभा सदस्य तथा पूर्वसामाजिक विकास मन्त्रीकुमारी मोक्तानले बागमती प्रदेशमा जलवायु परिवर्तनका प्रभावका विरुद्धमा गरिने कार्यका लागि काुननी व्यवस्था नै नभएको सांसद मोक्तानले बताउनुभयो । वातावरण क्षेत्रका विज्ञता, कार्यालय नै प्रदेशमा नरहेको उहाँको जिकिर छ ।

प्रदेशमा जलवायु परिवर्तनका प्रभावसँग प्रतिकाका रुपमा काम गर्ने सरकारी संरचना आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो–‘कृषि क्षेत्रको उत्पादन घटेकाले जलवायु परिवर्तनबाट भयावहको स्थिति उत्पन्न भएको छ । विषादीको प्रयोगका कारण कृषि उत्पादन धेरै हुने क्षेत्रका किसानहरुमा क्यान्सर रोग लागेको छ ।’ माथिल्लो हिमाली क्षेत्रमा पानीको स्रोत सुकेकाले पहाडी र तराईका क्षेत्रमा ठूलो समस्या आएको मोक्तानले बताउनु भयो । पूर्वाधार विकासमा इन्जिनियर प्राविधिकले आफ्नो ढंगले काम गर्न नपाउनु र जनप्रतिनिधि नै हाबी हुँदै आइरहेको प्रवृतिले विपदजन्य घटनालाई बढावा दिइरहेको बताउनुभयो । जलवायु परिवर्तनका असरसँगै मानवीय त्रुटीहरुलाई सँगैसँगै रोकथामको नीति लिएर राज्य अगाडि बढ्नुपर्छ ।

कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत राधिका शर्माले जलवायु परिवर्तनका कारण समाजमा अहिले सम्म परेको असर र अब हुन सक्ने असरका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा अतिथीका रुपमा बागमती प्रदेशसभाका उद्योग, पर्यटन तथा वातावरण समितिका सचिब राजु श्रेष्ठको आतिथ्यता रहेको कार्यक्रममा जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया
_MG_8197