तोलामा ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ।
यसअघि, सोमबार पनि छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १९ सय ५५ रुपैयाँ कायम भएको छ।
हिजो सोमबार चाँदीको भाउ प्रतितोला १९ सय २० रुपैयाँ कायम रहेको थियो।
प्रतिक्रिया