पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले भने, सहकारीको रकम अपचलन गर्ने कसैलाई छुट दिन्नँ

पालिका डायरी
७ मंसिर २०८१, १९:२७

हेटौंडा /  बागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको परिसरमा रहेको भवनमा मन्त्रालय राखेर पदभार ग्रहण गरेका हुन् । मन्त्रीको सपथ खाएको १११ औं दिनमा मन्त्रालय पाएका सहकारी मन्त्री श्रेष्ठले मन्त्रालयको नाम पाएको ११ औं दिनमा पदभार ग्रहण गरेका हुन् । गत साउन ९ गते मन्त्री पदमा नियुक्त हुँदै पद तथा गोपनियताको सपथ खाएका मन्त्री श्रेष्ठले गत कार्तिक २७ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णयले मन्त्रालय विभाजन गरेर श्रेष्ठलाई दिइने मन्त्रालयको टुंगो लगाएको थियो ।

प्रदेशमा रहेको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री कार्यालय मातहतमा रहेको गरिवी निवारण विभाजन गरेर सहकारी तथा गरिवी निवारण मन्त्रालय बनाइएको हो । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले दुईवटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

बागमती प्रदेशमा गरिवीको रेखामुनी रहेका जनसंख्या र परिवार एकिन गरी उनीहरुको जीवनस्तर उकास्न र आत्मानिर्भर बनाउनका लागि बिशेष कार्ययोजना तर्जुमा गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् भने सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सहकारी महाशाखाले कार्ययोजना पेश गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

यस्तै, मन्त्री श्रेष्ठले कार्यभार सम्हाल्दै कर्मचारीहरुले जनताको सेवक भएर काम गर्न निर्देशन दिए । ‘बिशेषगरी सहकारीको क्षेत्रको समस्या व्यापक रुपमा बढ्दो छ,’ उनले भने, ‘त्यसमा व्यक्ति, पद तथा पार्टी को म चिन्दिनँ । त्यसमा तँपाइहरुले छानविन गरेको ल्याउनुभएको कागजमा हात नकमाई सही गर्ने जिम्मेवारी मेरो भयो ।’

https://www.youtube.com/watch?v=NkYgIAyoLaM
प्रतिक्रिया