रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखिने

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए।
पूर्वगृहमन्त्री लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका छन्। अघिल्लो चौथो पटक थपिएको १३ दिनको म्याद सकिएपछि प्रहरीले पाँचौँ पटक अदालतमा म्याद थप्न निवेदन दिएको थियो।
लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा ल्याइएको थियो। अदालतले कात्तिक २५ गते चौथो पटक थपेको १३ दिनको म्याद शुक्रबार सकिएको थियो।
प्रहरीले अब उनलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि काठमाडौँ लैजाने तयारी गरेको छ।
प्रतिक्रिया