पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखामा चौतारीको तालावन्दी

पालिका डायरी
१८ मंसिर २०८१, १२:३३

हेटौंडा/  नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा पत्रकार महासंघले पक्षपाती गरेको भन्दै आज महासंघका दुई वटा कार्यालयमा तालाबन्दी गरिएको छ। प्रेस चौतारी मकवानपुर शाखाको अगुवाइमा महासंघको कार्यालयमा तालाबन्दी गरिएको हो।

प्रेस चौतारीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा तालाबन्दी गरेको हो। प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा महासंघको कार्यालयमा तालाबन्दी गरिएको छ।

पक्षपाती ढंगले क्रियाशील पत्रकारको सदस्यता वितरणमा महासंघ मकवानपुर शाखा, बागमती प्रदेश समिति र केन्द्रीय समितिले समेत वेवास्ता गरेको र पत्रकारिता क्षेत्रमा काम नगरेका व्यक्तिहरूलाई महासंघको सदस्यता दिएका कारण अनिश्चितकालीन तालाबन्दी गरिएको प्रेस चौतारीले जनाएको छ।

प्रतिक्रिया
b220cede-0712-430c-ba6b-2316494a5983