प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८१ को मस्यौदा माथी छलफल सम्पन्न

पालिका डायरी
१८ मंसिर २०८१, १९:४२

हेटौंडा / प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८१ को मस्यौदा माथी सरोकारवालाहरु विच  छलफल एवं अन्तक्रिया कार्यक्रम  सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा  आज हेटौंडामा छलफल तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अन्तक्रिर्याको क्रममा सहभागीहरुबाट यातायात क्षेत्रमा देखिएको विभिन्न खाले समस्याको विषयमा आफ्ना भनाईहरु समेत राखेको थिए ।

कार्यक्रममा सहभागीहरुले सवारी चालक तथा सहचालकहरुलाई तालिमको ब्यबस्था गर्नुपर्ने तालिम पश्चात् मात्र सवारी चालक अनुमति पत्र दिनुपर्ने ब्यवस्था नियमावलीमा समवेसगर्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी हाल सवारी दुर्घटना बिमामा समस्या देखिएको र उक्त रकमले बिरामीको उपचार गर्न समेत अपुग हुने गरेकोले त्यस सम्बन्धि पनि सोच्नुपर्ने देखिएको भनाई रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले सवारी पार्किङ, वर्कशप स्थापना, तौलपुल, प्राइभेट सवारी साधन भाडामा भर्योग लगायतका विभिन्न विषयमा प्रष्टसंग नियमावलीमा समावेश गरेर लैजान समेत सुझाव  दिए । साथै अब बन्ने नियमावलीमा सवारी चलाक, सवारी धनी, सवारी ब्यबसायी, सवारी संघसस्था र यात्रुहरूको समेत हितमा नियामवली निर्माण गर्न सुझाव दिए ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८१ को मस्यौदामा केही कमि कमजोरी र केही छुटेका भए त्यस्ता विषयहरुलाई समावेश गरि लैजानका लागि छलफलको आयोजना गरिएको बताउनु भएको छ । छलफलमा उठेका विषयहरूलाई नियमावलीमा समावेश गरेर लैजाने बताउनु भएको हो । सथै नियमावली निर्माणका लागि सरोकारवाला सबैको सहभागितामा समिति बनाई अगाडि बढ्ने उहाँले बताउनु भयो ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचीव बलराम निरौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा यातायात ब्यवसायी राष्ट्रिय माहासंघ, सार्वजनिक यातायात माहासंघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल स्वतन्त्र यातायात मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुसंघ उपत्यका ट्याक्सी विशेष समिति कोटेश्वर, नेपाल राष्ट्रिय मिटर ट्याक्सी चालक सेवा समाज, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ,नेपाल यातायात राष्ट्रिय ब्यबसायी माहासंघ, नेपाल यातायात सार्वजनिक ब्यबसायी माहासंघ,नेपाल राष्ट्रिय ट्रक यातायात ब्यबसायी माहासंघ, नेपाल पेट्रोलियम ढुवानी  माहासंघ, नेपाल मिटर ट्याक्सी ब्यबसायी संघ,नेपाल बिद्दुतिय परिवहन ब्यबसायी संघ, बिधुतिय परिवहन चार्जिङ संघ लगायतका संघसस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया
20241203_131342