शौचालयमा लडेका हेटौंडाका राईको उपचारको क्रममा मृत्यु

पालिका डायरी
१९ मंसिर २०८१, ०९:१५

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६, कल्याणटार निवासी २८ वर्षीय उद्धव राई आफ्नै घरको शौचालयबाट निस्कने क्रममा अचानक लडेर बेहोस भएकोमा उपचारको क्रममा मृत्यु भएको छ।

मंगलबार (हिजो) साँझ ६ बजेतिरको समयमा शौचालयबाट निस्किने क्रममा लडेका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

परिवारका सदस्यले तत्काल उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएका थिए । अस्पतालले उपचारको क्रममा ९ बजेतिरको समयमा मृत घोषित गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए ।

उनका अनुसार राईको शव हाल हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताए ।

 

प्रतिक्रिया
death mritu