चोभारको कबाडी संकलन केन्द्रमा आगलागी
कीर्तिपुरकाे चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी भएको छ ।
कबाडी संकलन केन्द्र र बंगुर पालन गरिएको स्थानमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागीकाे खबर पाउनसाथै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेकाे छ ।
आगलागी भएको ठाउँमा जस्तापाताका टहराहरु बढी भएकाेले आगो नियन्त्रणमा लिन नसकिएको प्रहरीले बताएकाे छ । स्काभेटर मगाएर जस्तापाता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीकाे भनाइ छ ।
आगो निभाउन तीन वटा दमकल प्रयोग गरिएको छ।
प्रतिक्रिया