मकवानपुरको बकैयामा सिमेन्ट बोकेको ट्रक दुर्घटना
हेटौंडा / मकवानपुरको बकैया गाउँपालिका–५ तिनतल्ले स्थित मदन भण्डारी लोकमार्गमा सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको छ। हेटौंडाबाट फापरबारीतर्फ गइरहेको ना ५ ख ४६५६ नम्बरको ट्रक सडकको बायाँतर्फ पल्टिएको हो।
चालक रबि थापा मगरका अनुसार अचानक ब्रेक फेल हुँदा दुर्घटना भएको जनाइएको छ। चालक मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१४, मयुरधाप निवासी ४० वर्षीय थापा मगरको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। त्यस्तै ट्रकमा सवार उनका १३ वर्षीय छोरा रिहान थापा मगरको अनुहार र खुट्टामा सामान्य चोट लागेको छ।
घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
प्रतिक्रिया