नेप्से परिसूचक र कारोबार दुवै घट्यो

पालिका डायरी
३ पुष २०८१, १५:४३
नेप्सेमा ५५ अंकको गिरावट, ९ अर्बको कारोबार

नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेको थियो ।

नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ । आज ३१४ स्क्रिप्सको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर ४ अर्ब २७ करोड ८२ हजार ५७५ रुपैयाँमा कारोबार भयो । मंगलबार ४ अर्ब ३४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो ।

दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए । कुथेली बुखारीको सेयर ९.९० प्रतिशतले घट्यो ।

कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १५ करोड मूल्य बढिको सेयर कारोबार भयो । यसैगरी रिभर फल्स पावरको १२ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ११ करोड,नेपाल फाइनान्सको १० करोड र सिकलेस हााइड्रोपावरको ८० करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

तीन समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन् । फाइनान्स,माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिएका हुन् ।

कारोबारमा आएका स्टक्समध्ये ८१ वटाको मूल्य बढ्यो भने १४९ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया
nepse