भीमफेदीमा अटोको ठक्करबाट बालक घाइते

पालिका डायरी
५ पुष २०८१, ११:१६
Ai Photo

हेटौंडा /  मकवानपुरको भीमफेदी गाउँपालिका-२, भैसेस्थित त्रिभुवन राजपथ सडक खण्डमा अटोको ठक्करबाट एक बालक घाइते भएका छन् ।

विहीबार (हिजो) पालुङबाट हेटौंडा बजारतर्फ आइरहेको ना २ ह २२७४ नम्बरको अटोले रोड क्रस गर्ने क्रममा श्रीकृष्ण माध्यमिक विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत राज कुमार बलको छोरा तीन वर्षीय अनमोल बललाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएकाे छ ।

ठक्करबाट बालकको टाउको र दाहिने खुट्टामा चोट लागेको छ । उनलाई तत्कालै विद्यालयका शिक्षक र अटो चालकको सहयोगमा उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि चुरेहिल अस्पताल, मकवानपुरमा रिफर गरिएको छ ।

अटो र चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । बालकको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
auto accident