मकवानपुरमा रुखको हाँगाले लाग्दा एक जनाको मृत्यु
हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिका-३ सिमलडाँडा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ।
जंगलमा पानीको कुलो खन्ने क्रममा रुखको हाँगा भाँचिएर लाग्दा राक्सिराङ गाउँपालिका-५ ठाडे गाउँका महादेव प्रजाको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालले जानकारी दिए।
आज बिहान राक्सिराङ गाउँपालिका-५ ठाडे गाउँका करिब ९/१० जना समुह कुलो खन्ने कामका लागि जंगल गएका थिए। काम गरिरहेको समयमा सिमलको रुखको हाँगा एक्कासी भाँचिएर खस्न जाँदा ५० वर्षीय महादेव प्रजालाई लाग्दा गम्भीर चोट लागेको थियो।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया