सामाजिक सञ्जालमार्फत सुझाव माग्दै हेटौंडा ४ का वडाध्यक्ष सिग्देल
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले वडा कार्यलयको तर्फबाट दिइने सेवा, विकास निर्माणको क्रममा भएगरेका कमिकमजोरी, अनियता छ भने नागरिकस्तरबाट सुझावको अपेक्षा गरेका छ्न ।
वडामा नागरिकको सेवा र पहुँचमा कुनै समस्या या कमिकमजोरी भए खुल्ला रुपमा ति कमिकमजोरीबारे जानकारी दिन उनले अनुरोध गरेका हुन । सिग्देलले वडाध्यक्षको रुपमा आफुले गलत काम गरेको भएपनि आम नागरिकको तर्फबाट वडावासीलाई सुझावको माग गरेका छ्न ।
शुक्रवार सामजिक संजाल मार्फत स्टाटस लेख्दै वडाध्यक्ष सिग्देल सुझाव माग गरेका हुन् । स्टाटसको बारेमा सिग्देलले जनप्रतिनिधि भएपछि राम्रा नराम्रा सुझावहरु ग्रहण गर्दै कामलाई थप व्यवस्थित गर्नु आफ्नो दायित्व भएको बताए । आम वडावासी र नागरिकको सुझावलाई ग्रहण गर्दै वडाको हरेक क्षेत्रको विकासमा अगाडि बढिने उनको भनाई छ ।
जनप्रतिनिधिहरु जनतासङ्ग उत्तरदायी हुनुपर्ने भन्दै आफुले जनतासङ्ग सुझावको अपेक्षा गरेको उनको भनाई छ ।