कैलाश गाउँपालिकाकाे सहकार्यमा दश जनाको मोतियाविन्दुको सफल शल्यक्रिया

पालिका डायरी
१३ पुष २०८१, १३:१७

हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा दश जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको छ। गत मङ्सिर २२ गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा आयोजित आँखा शिविरमा १६० जनाको आँखा परीक्षण हुँदा २० जनामा मोतियाविन्दु पत्ता लागेको थियो।

गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले शल्यक्रिया गराइएका विरामीलाई चश्मा र अन्य उपचार सुविधा गाउँपालिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्। अध्यक्षले स्वास्थ्य र शिक्षामा नागरिकको पहुँच विस्तार गर्न प्राथमिकताका साथ काम गरिरहेको बताए।

गाउँपालिकाले आँखा उपचार केन्द्र स्थापना गरी प्रत्येक बुधबार स्वास्थ्य चौकीमा आँखा परीक्षण अभियान सञ्चालन गरिरहेको छ। हालसम्म १,५०० भन्दा बढीले शिविरबाट लाभ लिइसकेका छन् भने ५०० भन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ।

शल्यक्रियापछि कैलाश-९ की खीलकुमारी पाण्डेसहित अन्य विरामीहरूले गाउँपालिका र अस्पताललाई धन्यवाद व्यक्त गरेका छन्। शल्यक्रियाको दोस्रो चरणमा बाँकी १० जनाको उपचार गरिने जनाइएको छ।

प्रतिक्रिया
462557226_436952052818099_6263283644903988572_n