दक्षिण कोरिया विमान दुर्घटनाः १८१ जनामध्ये उद्धार गरिएका २ बाहेक सबैको मृत्यु भएको आशंका
दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटनामा उद्धार गरिएका २ जनाबाहेक अरू सबैको मृत्यु भएको आशंका गरिएको छ ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले अधिकारीहरूलाई उधृत गर्दै विमानमा सवार १८१ जनामध्ये १७९ जनाको मृत्यु भएको जनाएको हो ।
बैंककबाट फर्किएको जेजु एयरको उडान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोकिएको हो ।
दुर्घटना स्थानीय समयानुसार आइतबार बिहान ९:०७ बजे भएको हो । दुर्घटनापछि विमानमा आगो लागेको थियो ।
प्रतिक्रिया