आइसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने

पालिका डायरी
१८ पुष २०८१, ११:५६

काठमाडौं /  क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीका लागि लक्षीत गरेर  ‘क्यानडा समिट २०२५’ आयोजना हुने भएको छ।

आगामी जनवरी ९ तारिखका दिन इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी)ले  बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यक्रम आयोजना गर्न लागेको आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए। कार्यक्रम आइसीसीसीको कार्यालय पुतलीसडकमा हुनेछ।

कार्यक्रममा सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेज जस्ता प्रसिद्ध क्यानेडियन संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने मौका प्राप्त हुनेछ।

सहभागीले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी पाउने, विशेषज्ञसँग छलफल गर्ने र आफ्ना शैक्षिक योजनाका लागि व्यक्तिगत मार्गदर्शन प्राप्त गर्ने  आइसीसीसीको दाबी छ।

समिटले क्यानडा अध्ययनको सपना पूरा गर्नका लागि आवश्यक ज्ञान र सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने  आयोजकले जनाएको छ।

प्रतिक्रिया
newskarkahna-news797810.