मध्यवर्तीको नाममा लगातारको असहयोग सह्य हुँदैनः महेश वर्तौला

पालिका डायरी
२२ पुष २०८१, १५:२९
निर्माण ब्यवसायीहरुले राज्यबाट पाउनुपर्ने अर्बौं रकम सरकारले तत्काल उपलब्ध गराउनुपर्छ–महेश बर्तौला file photo

हेटौंडा /  मकवानपुर संघीय निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद महेश वर्तौलाले मध्यवर्तीको नाममा लगातारको असहयोग सह्य नहुने बताएका छन् ।

नेपाल सरकारले घोषणा गरेको मयुरधाप औद्योगिक क्षेत्रको वनलाई मन्त्रालयका कर्मचारीबाट केही दिनअघि असहयोग हुने गरी पत्राचार गरिएको थियो। वर्तौलाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखका छन्ः

“२०७२ चैत १ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम घोषणा भएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ स्थित मयुरधाप औद्योगिक क्षेत्र वन मन्त्रालयकै असहयोगका कारण हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन। अहिले मयुरधाप औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने र नयाँ-नयाँ उद्योग-कलकारखाना स्थापना गरी रोजगारीका अवसरहरू सिर्जना गर्ने वातावरण बनाउन क्रियाशील रहेकै बेला मध्यवर्ती क्षेत्रमा परेको भन्दै मयुरधाप औद्योगिक क्षेत्र सञ्चालन प्रक्रिया अगाडि बढाउन अवरोध हुने गरी वन मन्त्रालयबाट यो पत्र प्रेषित हुनु दुःखद छ। वन मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूबाट मन्त्रालयकै राजनीतिक नेतृत्व मन्त्रीलाई समेत जानकारी नदिई यसरी पटक-पटक असहयोग हुनु राम्रो होइन। जनस्तरबाट समेत यसबारे बलियो खबरदारी अपरिहार्य रहेको छ।”

 

प्रतिक्रिया
mahesh_bartaula_AcV821hh5a