इच्छादेवी टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न
हेटौंडा / इच्छादेवी टोल विकास संस्थाका अध्यक्ष युवराज गौतमको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ७ का वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यमा इच्छादेवी टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न भएको छ ।
आज सम्पन्न साधारणसभाले अध्यक्ष गौतमले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष दुर्गा महतले प्रस्तुत गरेको दश लाख दुई हजार चार सय एकासी रूपैयाँको आर्थिक प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको छ। कार्यक्रमको अवसरमा टोलमा रहेका ५ जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभएको छ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, ७ नं वडाका सचिव भैरव कुमाल, नगर समन्वय समितिका सदस्य लक्ष्मी अधिकारी, वडा समन्वय समितिका सचिव रेखा मैनाली, हेटौंडा साकोसका अध्यक्ष इन्द्रबहादुर बस्नेत, नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका कोषाध्यक्ष सिताराम दाहाललगायतको उपस्थिति रहेको थियो।
हाल इच्छादेवी टोल विकास संस्थामा ९५ घरधुरी सदस्य रहेका छन्।