चित्लाङ थानकोट सडक- आज बेलुकी ४ बजे बाट खुल्ने

पालिका डायरी
७ माघ २०८१, १४:४१
काठमाण्डौं प्रवेशको वैकल्पिक मार्ग: चित्लाङ-थानकोट सडक खुल्यो file photo

एक महिना देखि सडक आवातजावत लाई पुर्ण रुपमा बन्द गरि स्तरोन्नति गरिरहेको थानकोट चित्लाङ सडकमा आज बेलुकी ४ बजे पछि सवारीसाधन लाई आवातजावत गर्न दिइने भएको छ।

थाहा नगरपालिका वडा नं ९ का अध्यक्ष राजकुमार बलामीले दिएको जानकारी अनुसार अहिले मोटरसाइकल सम्मलाई छाडिएको र आज बेलुकी ४ बजे पछि अरु साधनलाई पनि बाटो प्रयोग गर्न दिइने जानकारी दिदै भोलि बाट स्तरोन्नति कार्य सुचारु भएपनी सबारीसाधन आवातजावत गर्न दिइने बताए ।

सडक डिभिजन कार्यालय काठमाडौले गत पौष ४ गते देखि सडकको स्तरोन्नतिको लागि एक महिना सडक पुर्ण रुपमा बन्द गर्दै कार्य गर्दै आइरहेको थियो ।

प्रतिक्रिया