मकवानपुर-काठमाडौँ जोड्ने दुई सडक पुन: सञ्चालन

पालिका डायरी
८ माघ २०८१, १४:०८

सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौँ जिल्ला जोड्ने दुई सडकमा पुनः गाडी गुड्न थालेका छन् ।

थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडकमा आज बिहानदेखि गाडी गुड्न थालेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । अर्यालका अनुसार, ती दुबै सडक स्तोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो ।

यसैगरी, मकवानपुर–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको प्रनाउ अर्यालले बताए ।

प्रतिक्रिया