हेटौंडा / हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरामा एक जना पुरुषको घरको छतबाट खसेर मृत्यु भएको छ।
मृत्यु हुनेमा चितवनको कालिका नगरपालिका-६, खोलेशिमलका ६० वर्षीय गोबिन्द अधिकारी रहेकाे मकवानपुर प्रहरीले जानकारी दिएको छ । अधिकारी आफ्नो भिनाजु हरी लामीछानेको घरमा केही दिनदेखि बस्दै आएका थिए। आज बिहान करिब ११:०० बजे उनी घरको तेस्रो तल्लाको छतमा बसिरहेको अवस्थामा अचानक तल खसेर गम्भीर घाइते भएका थिए ।
घटनापछि उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । टाउकोको अगाडिको भागमा गम्भीर चोट लागेको कारण थप उपचारका लागि चितवन पठाइएको थियो नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा दिउँसो २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।