कैलाश गाँउपालिकाको लगानीमा निर्मित जीपलाइनको परिक्षण

पालिका डायरी
१७ फाल्गुन २०८१, १७:१४
कैलाश गाँउपालिकाको लगानीमा निर्मित जीपलाइनको परिक्षण

कैलाश /  मकवानपुरको कैलाशगाउँपालिका वडा नम्बर २ बैकुण्ठमा नवनिर्मित कैलाश—बैकुण्ठ जीपलाइनको पहिलो चरणको परिक्षण भएको छ । जीपलाइनका प्राविधिक टोली सहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, ईन्जिनियर अनिल जोशी लगायतको टोलीले पहिलो चरणको परीक्षण गर्नुभएको हो ।

सञ्चालनको अन्तिम तयारीमा रहेको जीपलाइन कैलाश गाउँपालिकाको आफ्नो बजेटबाट निर्माण गरिएको हो । मुलतः यो स्थानीयतहकै लगानीमा बनेको नेपालकै पहिलो जीपलाइन हो । स्थानीय सरकार सञ्चालन ऐनको एकल अधिकार भित्र नपरेको अवस्थामा गाउँपालिका राष्ट्रिय महासंघका कार्य सम्पादन समितिका सदस्य समेत रहनुभएका कैलाश गाउँपालिकाका अध्यक्ष मुक्तानले पर्यटन पर्यावरणको प्रवद्र्धनमा यस खालका विकास स्थानीयतहको एकलअधिकार भित्र हुनुपर्छ भनी प्रस्ताव राख्नु भएको थियो । सोही अनुरुप संघीय सरकार पनि सकरात्मक भएपछि जीपलाइनको निर्माण कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।

कैलाश र बैकुण्ठका दुई पहाडलाई जोड्दै एक हजार दुई सय मिटर लामो जीपलाइ ननिर्माण गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो । उहाँले पर्यटन, पर्यावरणको विकासमा कैलाश गाउँपालिका पछि नहटेको बताउँदै जीपलाइन सञ्चालन पछि धादिङ जिल्लाको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका जीपलाइन पारखीको गन्तव्य स्थल रहने उहाँले बताउनुभयो ।

धादिङ सँग सिमाना जोडिएकाले जीपलाइन स्थल पुग्न बेनीघाट, थाहानगर र मनहरी बजार तीनै क्षेत्रबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको उहाँले बताउनुभयो । बैकुण्ठमा जीपलाइन सँगै विभिन्न पर्यटकीय पार्कहरु समेत निर्माण भइसकेका छन् । उक्त स्थानमा जीपलाइनका लागि फोरजी कम्पनीले आव २०७९्८० मा एक करोड ९० लाख ९७ हजार खर्च लाग्ने भनी सर्वेक्षण गरी गाउँपालिकामा प्रतिवेदन बुझाएको गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्र दत्तभट्टले बताउनुभयो । पालिकाले बहुवर्षिय योजना बनाई दुई स्थानमा स्टेशन, ब्रेकिङ सिस्टम९हारनेस० र तार निर्माण गरिएको उहाँले बताउनुभयो । ०८० माघमा ठेक्का प्रकाशित भएसँगै सन्ध्यानिर्माण सेवा सँग ८८ लाख ५६ हजार ७ सात६१ रुपैयाँमा ०८१ फागुन मसान्त सम्ममा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको प्रमुखभट्टले बताउनुभयो ।

जीपलाइनको अघिल्लो आर्थीक बर्षमा ४८ प्रतिशत काम सम्पन्न भएको थियो भने बाकीँ अहिले सम्झौता अनुरुप काम सम्पन्न गरी जीपलाइन सञ्चालनको अन्तिम तयारीमा रहेको उहाँले बताउनुभयो । पहिलो चरणमा ब्रेकिङ सिस्टम९सोलोप० सम्बन्धी कार्यको परीक्षण भयो भने दोस्रो चरणको परीक्षण पछि सफल परीक्षण गरिने उहाँले बताउनुभयो । परीक्षणमा जीपलाइन प्राविधिक एंव प्रशिक्षक बद्री घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया