आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

गत साताका अन्तिम तीन दिनमा तीन हजार चारसय रुपैयाँ घटेको सुनको मूल्य तीन दिनदेखि स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार एकसय रुपैयाँमै कारोबार भइरहेको छ । गएको शुक्रबार र आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
गएको शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको थियो । त्यसैगरि गएको बुधबार एक हजार र बिहीबार दुईसय रुपैयाँ मूल्य घटेको थियो ।
यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।
आज चाँदीको भाउ पनि स्थिर छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय १५ रुपैयाँमै स्थिर रहेको हो।
