इन्द्रसरोवरमा पर्यापर्यटन प्रवर्द्धनका लागि सम्पर्क कार्यालय उद्घाटन

पालिका डायरी
२ चैत्र २०८१, २१:४०

हेटौंडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५, चखेलमा श्री सुन्दरी देवी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित पर्यापर्यटन कार्यक्रमसम्बन्धी सम्पर्क कार्यालयको आज उद्घाटन गरिएको छ।

समूहले पर्यापर्यटन प्रवर्द्धन गर्दै स्थानीयलाई रोजगारी उपलब्ध गराउने तथा आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यसहित सामुदायिक लगानीमा रेस्टुरेन्ट,पिकनीक स्पोर्ट,बोडानिकल पार्क, चिल्ड्रेन पार्क ,ट्रेन तथा क्याम्पिन खोल्ने योजना अघि सारेको हो।उक्त कार्य सन्चालन गर्न समुहका सदस्य हरुले लगानी गर्ने र बाकी रकम अन्य सरकारी निकाय बाट सहयोग माग्ने सक्ने व्यवस्था गरिएको छ। उक्त रकम समूहले ऋणको रूपमा लिएर रेस्टुरेन्ट स्थापना गर्ने योजना बनाएको छ।

उक्त कार्य सन्चालन गर्न को लागि बागमती प्रदेश बन निर्देशनालय बाट बताबरणिय मुल्यांकन प्रभाब (eia)स्वीकृत भै राप्ती मनहरी डिभिजन वन कार्यलयबाट डिपिआर स्वीकृत गरि बागमती प्रदेश वन निर्देशनालयबाट स्वीकृति प्राप्त गरी औपचारिक रूपमा आजदेखि कार्य प्रारम्भ भएको छ। समूहका सदस्य विजय तामाङका अनुसार तीन वर्षभित्र रेस्टुरेन्टसहितका भौतिक संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए।

उद्घाटन कार्यक्रममा समूहका अध्यक्ष रामकृष्ण डिम्डुङ सभाध्यक्षतामा भएको  कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दुतराज तितुङ को प्रमुख आतिथ्यता रहेको थियो।

यस्तो बन्नेछ सामुदायिक लगानीमा रेस्टुरेन्ट

प्रतिक्रिया