काठमाडौंबाट उत्तर प्रदेश जाँदै गरेको गाडि सिस्नेरीमा दुर्घटना, ४ जना घाइते

हेटौंडा / मकवानपुरको इन्द्रसरोवरमा इन्डियन गाडि दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
सोमबार (आज) बिहान ७ः३० बजेतिरको समयमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी स्थित धाराखोल्सा भन्ने स्थानमा काठमाडौंबाट भारतको उत्तर प्रदेश जाँदै गरेको गाडि दुर्घटना भएको हो । काठमाडौँबाट हेटौँडा हुँदै उत्तर प्रदेश जान लागेको यू पी ७० एन टी ६९१७ नम्बरको गाडि धारापानीको मोडमा एक्कासी ब्रेक फेल हुँदा दुर्घटना भएको बताइएको छ ।
दुर्घटना भए लगत्तै इलाका प्रहरी कार्यालय, सिस्नेरीको प्रहरी टोली घटनास्थल पुगेका थिए । प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लगिएको स्थानीय सन्तोष बानियाँले जानकारी दिए । गाडिमा १७ जना सवार थिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया