साना किसान सहकारी संस्थाको स्थापना दिवस गुरुकुलका बटुकहरुसँँग

मकवानपुर । साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं स्थापना दिवस गुरुकुलका बटुकहरुसङ्ग मनाएको छ । सोमबार सहकारीले हेटौंडा– १८ हर्नामाडी ठुलोदमारस्थित श्री वैदिक संस्कृत गुरुकुलमा दिनभरीको खाना खुवाएर स्थापना दिवस मनाएको हो ।
सोमबार आश्रममा आश्रित १६ जना बटुकहरुलाइ दिनभरीको खाना खुवाइएको छ । कार्यक्रममा सहकारीकी अध्यक्ष रेखा खतिवडाले उद्यमी महिलाहरुलाई सहकारीले विशेष प्रोत्साहन स्वरुप ऋण उपलब्ध गराइरहेको बताइन् । सहकारीले भावी दिनमा थप नवीतम र आकर्षित सेवा उपलब्ध गराउन बचतकर्ता र सहकारी सदस्यहरुको सहयोगका लागि उनले अपिल गरेकी छन् । यसअघि सहकारीले स्थापना दिवसमा वृद्धाश्रममा खाना खुवाउने तथा अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गर्ने गरेको थियो ।
हेटौंडा–१८ हर्नामाडी स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडमा १ हजार ५६ जना महिला सदस्यहरु आवद्ध रहेका छन् । यस सहकारीमा २ सय १४ वटा समुहहरु रहेका छन् । जसमा १ हजार १७ सय जनाले नियमित बचत गर्छन् । सहकारीको शेयर पुँजी १ करोड १० लाख रुपैँया रहेको छ । १ करोड २४ लाख ३० हजार ९ सय १८ रुपैँया जगेडा कोष, निक्षेप संकलन ६ करोड ४६ लाख ४२ हजार ६ सय ८८ रुपैँया, र ३८ लाख रुपैँया सहकारीको कुल नाफा रहेको संस्थाका व्यवस्थापक माधव पुडासैनीले बताए ।
त्यस्तै मल बिउ विक्रि वितरण, दुध संकलन तथा बजारीकरण , कृषि औजार वितरण, धान पकेट कार्यक्रम, मकै पकेट, दाना चोकर वितरण कार्यक्रम सञ्चालन जस्ता सेवाहरु सहकारीले दिँदै आइरहेको उनले बताए । सहकारील दैनिक १४ सय लिटर दूध सकलन गर्ने गरेको व्यवस्थापक पुडासैनीले बताए । सहकारीको लगानी १७ करोड १२ लाख ४१ हजार ६ सय ४५ रहेको छ भने,जम्मा कारोबार २० करोड रुपैँया बराबरको रहेको छ ।
संस्थाले पशुजन्य सेवा, पशुपालन कर्जा, बागमती प्रदेश अन्तरगत को सहुलियत पुर्ण कर्जा, ग्रामीण उद्यम कर्जा, लघु प्रबर्द्धन कर्जा ऋण सेवा अन्तरगत दिइरहेको छ । कार्यक्रममा आश्रमका अध्यक्ष खेटराज दुलाल, आश्रमका प्राचार्य खगेन्द्र कोईराला, ज्योती मावि हर्नामाडिका व्यवस्थापन समिती अध्यक्ष हर्क रम्तेल, गुरुकुल उपाध्यक्ष जितेन्द्र नेपाल, सहकारीका सल्लाहाकार केशवराज पण्डित लगायतको उपस्थिति रहेको थियो ।
