मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको अध्यक्षमा अधिकारी

हेटौैडा / मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको तेस्रो अधिवेशनले रोयल प्यालेस हेटौंडाका संचालक ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै, समितिको उपाध्यक्षमा मदनकुमार पोखरेल, महासचिवमा ज्ञानेन्द्र अधिकारी, कोषाध्यक्षमा देबु प्रसाद चौलागाईं चयन हुनुभएको छ। सदस्यहरूमा पारसमणि थिङ, राजेश कुमार शर्मा, अनिस वाग्ले, रिजन बर्तौला, प्रमोद उप्रेती, सन्दीप ढुङ्गाना, महेश ठकुरी र विवेक मानन्धर चयन हुनुभएको हाे ।
मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघका अध्यक्ष दीपक सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष तेबिन्द्र रत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पान्डे, केन्द्रीय सदस्य चेतनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो।