इन्द्रसरोवर गाउँपालिकाद्वारा उत्कृष्ट सहकारी अभियन्ता, किसान र महिला उद्यमी सम्मान

हेटौंडा / ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले उत्कृष्ट सहकारी अभियन्ता, उत्कृष्ट किसान र उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरेको छ । मंगलबार (आज) गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमा सम्मान गरिएको हो ।
समारोहमा गाउँपालिकाभित्रका उत्कृष्ट सहकारी अभियन्ता, उत्कृष्ट किसान तथा उत्कृष्ट महिला उद्यमीहरूलाई सम्मान प्रदान गरेको हो। सम्मनित हुनेमा २०५४ सालदेखि अनवरत रुपमा खटिने सहकारीकर्मीलाई सम्मान गरिएको हो । सहकारी अभियान्त सम्मानबाट उत्कृष्ट सहकारी अध्यक्ष तथा व्यवस्थापकलाई सम्मान गरिएको थियो भने कृषि क्षेत्रमा सफल किसनाहरुलाई समेत सम्मान गरिएको हो । साथै, सहकारीको महत्त्व, स्थानीय उत्पादन प्रवर्द्धन तथा उद्यमशीलताको विकासबारे विशेष छलफल गरिएको थियो ।
यो सम्मान कार्यक्रमले स्थानीय स्तरमा सहकारी अभियान, कृषि उत्पादन तथा महिला उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाले बताइन् । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाको अध्यक्षता रहेको थियो भने गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो। साथै, प्रमुख प्रशासकीय अधिकृत श्री रामचन्द्र लामा, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिका कार्यालयका शाखा प्रमुखहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।