इन्द्रसरोवरमा सुमो दुर्घटना हुँदा १० जना घाइते

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- २ बतसेमा राैतहटकाे गाैरबाट काठमाडाैं जाँदै गरेकाे सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
इन्द्रसरोवर गाउँपालिका-२ बतासेस्थित भीमफेदी-कुलेखानी-सिस्नेरी काठमाडौं सडक खण्डमा आज बुधबार दिउँसो ना१ज ५४८५ नम्बरको सुमो ब्रेक फेल हुँदा सडकबाट करिब १०० मिटर तल खाेल्सामा खसेकाे हाे ।
दुर्घटनामा परी ३ जना यात्रु गम्भीर घाइते भएकाे मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा १ जना घाइतेकाे अवस्था मध्यम र ५ जना घाइतेकाे अवस्था सामान्य रहेको डिएसपी अर्यालले बताए ।
घाइतेहरुलाई उपचारका लागि काठमाडाैं पठाइएको र घाइतेहरूकाे पहिचान हुन बाँकी रहेकाे उनले जनाए । सुमो चालक प्रहरी चाैकी खानीखेतकाे सम्पर्कमा रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया