प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पालिका डायरी
२५ चैत्र २०८१, २१:४७

हेटौंडा /  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुर जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक गतिविधिको विरोध गर्दै देशभरिका नेकपा (एकीकृत समाजवादी) कमिटीहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्, जसअन्तर्गत मकवानपुर जिल्ला कमिटीले पनि ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्रमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालयमा गरिएको तोडफोड, पत्रकारलाई जिउँदै जलाएर गरिएको हत्या, आम नागरिकको गोली हानी हत्या, व्यापारीक भवनहरूमा र नागरिकका घरमा गरिएको आगजनी, तोडफोड तथा चोरी लगायतका घटनाको पार्टीले कडा निन्दा गरेको छ। साथै, भएका क्षतिको उचित क्षतिपूर्तिको माग समेत गरिएको छ।

पार्टीका जिल्ला कमिटी अध्यक्ष विष्णु दाहाल लगाएतले बुझाएको ज्ञापन पत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले तुरुन्तै प्रधानमन्त्री कार्यालयमा सो ज्ञापन पत्र पठाइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा समाजवादी नेतृ मुनु सिग्देल, मेयर मीनाकुमारी लामा, साथै केन्द्र, प्रदेश तथा जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया