इन्द्रसरोवरमा पूर्व प्राथमिक तहमा अध्यापन गर्ने शिक्षकहरुलाई मन्टेश्वरी तालिम सुरु

पालिका डायरी
२५ चैत्र २०८१, २२:१२

हेटौंडा / अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम अन्तर्गत इन्द्रसरोवर गाउँपालिकाले पालिका अन्तर्गतका पूर्व प्राथमिक तह (ECD) मा अध्यापनरत शिक्षकहरूलाई लक्षित गरी आजदेखि पाँच दिने मन्टेश्वरी तालिम  सुरु गरेको छ। गाउँपालिकाकाे आयोजनामा आज (सोमबार) बाट सुरु भएको तालिम चैत्र २९ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जानकारी दिएको छ।

तालिम गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको अध्यक्षतामा  सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष उमाकुमारी लामा, शिक्षा शाखा प्रमुख धर्मानन्द पन्त, प्रशिक्षक  शान्ता दाहाल लगायत ३१ जना सहभागी शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन तथा सहजीकरण सुरेश शाह ठकुरीले गर्नुभएको छ ।

उक्त तालिमले शिक्षकहरूलाई बालमैत्री शिक्षण विधि र बालबालिकाको समग्र विकासमा केन्द्रीत शिक्षण प्रविधिको ज्ञान र सीप प्रदान गर्ने उद्देश्य लिएको छ। मन्टेश्वरी विधिको महत्त्व, शिक्षणका नयाँ प्रविधिहरू तथा बालबालिकाको मनोवैज्ञानिक पक्षलाई ध्यानमा राखेर कसरी सिकाउने भन्ने विषयमा प्रशिक्षण दिने बताइएको छ।

इन्द्रसरोवर गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।

प्रतिक्रिया