मदन आश्रित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी बागमती-२ ले जित्यो

पालिका डायरी
२६ चैत्र २०८१, ०७:०६

हेटौंडा / राष्ट्रिय युवा संघ बागमती गाउँपालिका कमिटीको आयोजनामा भएको वडा स्तरीय मदन आश्रित फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर २ ले जितेको छ ।

जनता माबीको खेलमैदानमा चैत २० गतेदेखि जारी प्रतियोगिताको सोमबार सम्पन्न वडा नम्बर २ र वडा नम्बर ६ बिच भएको फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो ।

वडा नम्बर ६ लाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउदै वडा नम्बर २ ले प्रतियोगिताको उपाधी जितेको हो ।

खेलको सुरुवाती १५ मिनेटमै वडा नम्बर २ का गोलकिप्परले डिबक्स बाहिर बल समाएपछी रेफ्रीले रेड कार्ड दिएका थिए । १० खेलाडीमा सिमित बनेपनी वडा नम्बर २ ले उत्कृष्ट खेल प्रदर्शन गरि खेल गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।

प्रतियोगिताको बिजेताले ५० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता वडा नम्बर ले २५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्यो । म्यान अफ द म्याच वडा नम्बर ६ का धन बहादुर बिकले प्राप्त गरे । सर्बोत्कृस्ट खेलाडी बागमती-२ का आकाश राना मगर, बेस्ट डिफेन्डर वडा नम्बर २ अरुण आले, बेस्ट मिडफिल्डर नवीन बोम्जन, हाई स्कोरर वडा नम्बर ६ कुमार लोप्चनले हात पारे । बिजेता, उपबिजेता टोलि तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पुर्वमन्त्री एवम् प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया