मनहरीको पिसपार्कमा चैत ३० गते कांग्रेसको अन्तरसंवाद कार्यक्रम हुने

हेटौंडा / नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर–२ प्रदेशसभा (ख) काे आयोजनामा जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त अन्तरसंवाद कार्यक्रम चैत ३० गते मनहरी–८ स्थित पिसपार्क (आमाघर) मा हुने क्षेत्रीय सभापति रञ्जन कालाखेतीले जानकारी दिए ।
कार्यक्रममा पार्टीका बागमती प्रदेश सभापति तथा नेपाली कांग्रेसका सोही क्षेत्रका सांसद इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्य रहने आयोजकले जानकारी दिएको छ । क्षेत्रीय सभापति कालाखेती का अनुसार, सो प्रदेशसभा क्षेत्रमा पर्ने नेपाली कांग्रेसका जिल्ला सभापति, महासमिति सदस्य, जिल्ला पदाधिकारी, संघीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला समन्वय उपप्रमुख, नेपाली कांग्रेसबाट निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला सदस्य, संघीय पदाधिकारी, पालिका सभापति, क्षेत्रीय कार्यसमितिका सदस्य, पालिका पदाधिकारी, पार्टीबाट निर्वाचित तथा उम्मेदवार वडाध्यक्ष र सदस्यहरू र भ्रातृ संगठनका प्रतिनिधिहरूबीच अन्तरसंवाद हुने छ ।
उक्त अन्तरसंवाद कार्यक्रम करिब १५० जनाको सहभागिता रहने अनुमान गरिएको सभापति कालाखेतीले जानकारी दिए ।
