मकवानपुरकाे युवक बाराको अमलेखगन्जबाट पक्राउ

पालिका डायरी
२७ चैत्र २०८१, १४:५९
रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ AI Photo

मकवानपुरकाे एक युवक बाराको अमलेखगन्जबाट  १० किलो ७ सय ग्राम लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ का ३८ वर्षिय रवि थिङ रहेकाछन् ।

थिङलाई जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जबाट पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता डिएसपी बिजयबाबु पण्डितले जानकारी दिए । डिएसपी पण्डितका अनुसार हेटौंडाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ३६ प २१७७ नम्बरको पल्सर मोटरसाइकललाई प्रहरी कार्यालय अगाडिको चेक प्वाइन्टमा रोक्न खोज्दा थिङ भागेका थिए ।

प्रहरीले लखेट्दै गएर नजिकैको गणेश मन्दिर छेउमा फेला पारी खानतलासी लिँदा थिङले बोकेको कालो झोलामा ६ किलो र मोटरसाइकलको तेल ट्याङकीभित्र ४ किलो ७ सय ग्राम लागूऔषध गाँजा लुकाईछिपाई ल्याइएको भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया