सुनको मुल्य २७ सय रूपैयाँले बढ्यो, पुग्यो १ लाख ८७ हजार

हिजो घटेको सुनको मूल्यमा आज फेरि उच्च वृद्धि भएको छ । मूल्य बढेर सुन आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो ।
सुनको मूल्य आज प्रतितोला दुई हजार सातसय रुपैयाँ बढेर एक लाख ८७ हजार रुपैयाँ पुगेको छ । गएका तीन दिनमा १० हजार ६ सय रुपैयाँ बढेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार सातसय रुपैयाँ घटेको थियो ।
गएको बिहीबार सुन तोलामा पाँच हजार सातसय, शुक्रबार तीन हजार नौसय र आइतबार एक हजार रुपैयाँ बढेको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार नौसय ५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया