राष्ट्रपति पौडेलद्वारा संसदको बैठक बैशाख १२ गतेका लागि आह्वान

पालिका डायरी
३ बैशाख २०८२, १४:००
टीकापुर हत्याकाण्डका थप तीन कैदीलाई आममाफी

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठक २०८२ साल बैशाख १२ गतेका लागि आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बैठक आह्वान गर्नुभएको हो।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन आह्वानको सिफारिस गरेको थियो। सो सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैशाख १२ गते शुक्रबार दिउँसो १:०० बजेका लागि संसद बैठक बोलाउनुभएको हो। संसदको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्नेछ।

सरकारको सिफारिसअनुसार संसद अधिवेशन आह्वान गरिएको यो बैठकमा महत्वपूर्ण विधेयकहरू पेश तथा छलफल हुने अपेक्षा गरिएको छ। संविधान अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद अधिवेशन आह्वान गर्ने व्यवस्था छ। संघीय संसदको यो अधिवेशन नियमित कार्यसूचीका साथै समसामयिक राजनीतिक विषयमा पनि केन्द्रित हुने अनुमान गरिएको छ।

प्रतिक्रिया