कान्तिलोकपथमा इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते

हेटौंडा / मकवानपुरमा इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ खडकखण्डमा शुक्रबार (आज) बिहान १ बजेतिरको समयमा इभी गाडी दुर्घटनामा परेको हो। काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०७२ नम्बरको इभी गाडी सडकभन्दा करिब २ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।
१६ जना सवार रहेको उक्त गाडी दुर्घटनामा पर्दा सर्लाहीको बागमती गाउँपालिका–७ बस्ने १३ बर्षकी मानुसी मगर र रौतहटको दुर्गा भवानी गाउँपालिका–५ बस्ने ५० बर्षकी निलम देवी राउतको मृत्यु भएको हो । मकवानपुर प्रहरीका अनुसार मानुसीको को खोजतलास गर्ने क्रममा आज बिहान ५ः३० बजेतिर दुर्घटनास्थल नजिक खोल्सामा मृत्यु भएको अवस्थामा फेला परेको थियो भने निलमको हेटौँडा अस्पतालमा उपचाको क्रममा बिहान ४ बजतिरको समयमा मृत्यु भएको हो।
यस्तै, गाडीमा सवार रौतहट दुर्गा भवानिपुर गाउँपालिका–५ बस्ने ५५ बर्षको राम प्रकाश राउत (शरीरको बिभिन्न भागमा चोट अबस्था मध्यम), सर्लाही बरहथहवा नगरपालिका–८ बस्ने बर्ष ५२ को शिवशंकर राय (टाउको र दुबै खुट्टामा चोट अबस्था मध्यम), उनकीे श्रीमती बर्ष ४५ की रिकिदेवी राय (शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम) र सर्लाही बरहथवा नगरपालिका–९ बस्ने बर्ष २७ को मनोज राय (शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम) रहेका छन् । उनीहरुको हेटौंडा अस्प्तालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
इस्तै सर्लाही हरिहरपुर नगरपालिका–१ बस्ने बर्ष २७ को नवराज मगर (बाँया हात र खुट्टामा भित्री चोट अबस्था मध्यम), सोही स्थानका बर्ष १६ की प्रियंका मगर (शरिरको भित्री भागमा चोट अबस्था मध्यम), १५ बर्षको सृजन मगर (शरिरको भित्री भागमा चोट अबस्था मध्यम), ४० बर्षकी जमुना मगर (टाउकोमा चोट अबस्था मध्यम), बर्ष १९ को सुदिप रिसाल (शरिरको भित्री भागमा चोट अबस्था सामान्य), सर्लाहीको विष्णुपुर गाउँपालिका–३ मधुवनगोठ बस्ने बर्ष २७ को देवराज कुमार साह (शरिरको भित्री भागमा चोट अबस्था सामान्य) र सोही स्थानकी ४२ बर्षीया किसुनव्रर्ती साह (शरिरको बिभिन्न भागमा भित्री चोट, अबस्था मध्यम) रहेका छन्।
यस्तै अन्य घाइते हुनेमा सर्लाहीको बागमती गाउँपालिका–७ बस्ने वर्ष १६ की युनिका दर्लामी मगर ((शरिरको भित्री भागमा चोट, अवस्था मध्यम) रमहोत्तरी गौशाला गाउँपालिका–५ बस्ने १६ बर्षको आदित्य छोरचंगी मगर (शरिरको भित्री भागमा चोट अवस्था मध्यम) रहेका छन् । उनीहरुको मकवानपुरको हेटौंडा स्थित मकवानपुर सहकारी अस्पतारमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमध्ये ११ जना मध्यम घाइते भएका छन् भने चालक सर्लाहीको बागमती गाउँपालिका–५ बस्ने २९ बर्षका कमल बहादुर दर्लामी सहित अन्य तीनजना सामान्य घाइते भएको प्रहरीको भनाइ छ। घाइते चालक दर्लामीको प्रहरीको नियन्त्रणमा हेटौंडा अस्पतालमा उपचार भैरहेको छ।
