हेटौंडा–भैसे सडकखण्डमा अटो दुर्घटना, तीन जना घाइते

पालिका डायरी
६ बैशाख २०८२, १३:५४
Ai Photo

हेटौंडा / हेटौंडा–भैसे सडकखण्डमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। सामरीतर्फबाट हेटौंडातर्फआउँदै गरेको प्र.३-०३-००१ ह ००५१ नम्बरको अटो शुक्रबार (हिजो) एक्कासी बाँदर अगाडि आएर चालकले ब्रेक लगाउँदा अटो अनियन्त्रित भई पल्टिएको बागमती प्रदेश  प्रहरी कार्यालय हेटौंडाले जानकारफ दिएको छ ।

दुर्घटनाको खवर प्राप्त हुनासाथ चौकीटोल प्रहरी चौकीको टोलीले तत्कालै उद्धार गरी घाइतेहरूलाई उपचारका लागि हेटौंडा पठाएको जनाएकाे छ । अटोमा चालकसहित जम्मा चार जना सवार थिए ।

दुर्घटनामा अटो चालक मकवानपुरगढी गाउँपालिका–१ का करिब ५० वर्षीय अमर बहादुर स्याङ्बोको दाहिने हातको औलामा सामान्य चोट लागेको छ। उनी हाल निको अस्पताल, मकवानपुरमा उपचाररत छन्।

त्यस्तै, हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलकी करिब ४३ वर्षीया सुशिला महतको दाहिने काँधमा सामान्य चोट लागेको छ भने मकवानपुरगढी गाउँपालिका–५ सिमलटारका करिब ६१ वर्षीय मान बहादुर श्रेष्ठको दाहिने हात र खुट्टामा चोट लागेको छ। साथै उनको ढाडमा भित्री चोट समेत देखिएको छ। श्रेष्ठको अवस्था मध्यम रहेको र उनी हेटौंडा अस्पतालमा उपचार गराइरहेको प्रहरीले जनाएको छ।

श्रेष्ठसँगै सवार उनकी श्रीमती भने सकुशल रहेको जानाईएकाे छ । अटो हाल प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया