सञ्चार क्षेत्रप्रति सधैं उच्च सम्मान भाव छ : मेयर लामा

पालिका डायरी
७ बैशाख २०८२, १३:१३

हेटौंडा /  हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले आफू सधैं प्रेस जगतको पक्षमा रहेको बताएकी छन् ।

केही दिनदेखि एसी विवादका मुछिएकी मेयर लामाले सोही बिषयमा एक टेलिभिजनमार्फत अन्तर्वार्ता दिने क्रममा आफूबाट त्रूटी भएको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रमा आफ्नो सधैं उच्च सम्मान भाव रहेको बताएकी हुन् ।

उनले पत्रकारको बिषयमा बोलेको अभिव्यक्ति प्रेस जगतलाई चोट पुर्याउने मनशाय नभई परिस्थितीजन्य घटनाको रुपमा लिन अनुरोध गरेकी छिन् । प्रेस स्वतन्त्रताको सम्मान गर्दै सञ्चार माध्यमप्रति आफ्नो सधैं आदारभाव रहेको मेयर लामाले बताएकी छिन् ।

आज बिहान नेपाल पत्रकार महासंघ मकवानपुरका पदाधिकारीहरुसँग छलफल गर्दै मेयर लामाले आफ्नो गल्ती स्वीकार गर्दै आफू सधैं प्रेसको पक्षमा उभिने प्रण गरेको पत्रकार महासंघ, मकवानपुरले जनाएको छ।

प्रतिक्रिया