४ लाख बढी मुल्यको ट्रामाडोल बोकेको गाडी सहित २ जना पक्राउ

पालिका डायरी
१२ बैशाख २०८२, ११:०६
४ लाख बढी मुल्यको ट्रामाडोल बोकेको गाडी सहित २ जना पक्राउ

हेटौंडा /  मकवानपुरमा ७५ सय क्यापसुल लागूऔषध ट्रामाडोल बोकेको योद्धा पिकअप गाडी सहित २ जना पक्राउ परेका छन् ।

बिहीबार (हिजाे) मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा– १५ रातोमाटे चेकप्वाईन्टमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा करिब ४ लाख रुपैंया बराबरको लागूऔषध ट्रामाडोल सहित दुइजनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ।

बाराको सिम्ररौनगढबाट हेटौंडा तर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडी र चालक बारा पचरौता नगरपालिका वडा– ७ बेनौली बस्ने २५ वर्षीय तिर्थलाल पासवान र सहचालक सोही ठाउँका २३ वर्षिय सुनिल पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए।

गाडीको अगाडीको ईन्जिन भएको भागमा लुकाई छिपाई राखी ल्याईएको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला परेको डीएसपी अर्यालको भनाइ छ।

प्रतिक्रिया