हिजो बढेको सुनको मूल्यमा आज गिरावट

सुनको मूल्य आज घटेको छ। बिहीबार तोलामा २ सय रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार रुपैयाँ घटेको हो ।
मूल्य घटेर आज सुन प्रतितोला एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ थियो ।
गएको मंगलबार अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य बुधबार प्रतितोला सात हजार पाँचसय रुपैयाँ घटेको थियो । गएको मंगलबार तोलामा ६ हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया