दुर्घटनामा परेर एमाले मकवानपुरका अध्यक्ष पोखरेल गम्भीर घाइते

पालिका डायरी
१३ बैशाख २०८२, १०:११

हेटौंडा / स्कुटर दुर्घटनामा परेर नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल गम्भीर घाइते भएका छन्।

शनिबार (आज) बिहान ८ बजेतिरको समयमा आफैले चलाएको स्कुलको ब्रेकफेल हुँदा हेटौंडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्क अगाडि दुर्घटनामा परेका हुन्।

बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार अध्यक्ष पोखरेललाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ। टाउको, निधार तथा दायाँ हातमा चोट लागेको उनलाई तत्कालै उद्दार गरी हेटौंडा अस्प्तालमा लगिएको डीएसपी अर्यालले बताए। अचेत अवस्थामा रहेका पोखरेलको आइसीयूमा राखेर उपचार भैरहेको छ छ भने घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया