नारायणी नदी किनारमा पुरुषको शव फेला

हेटौंडा / भरतपुर महानगरपालिका–४ स्थित गैंडाचोक नजिकैको नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अन्दाजी ३५ देखि ४० वर्ष उमेरको पुरुषको शव फेला परेको हाे । शव ४/५ दिनअगाडि मृत्यु भएको अनुमान गरिएको छ। हालसम्म शवको नाम, थर र वतन खुल्न सकेको छैन। शव घोप्टो परेको अवस्थामा फेला परेको र शरिरको अवस्था हेर्दा केही दिन अगाडि मृत्यु भएकाे जस्ताे देखिएको जनाइएको छ।
शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ। मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र मृतकको पहिचानमा सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया